समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?
अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् ।
– दुवै हिरो पुत्र हुन् । यिनीहरूका पिता आफ्ना जमानाका चल्तापुर्जा अभिनेता हुन् ।
– दुवै जनाको रिमोट यिनीहरूका पिताको हातमा छ । यिनीहरू पिताका आज्ञाकारी पुत्र हुन् ।
– दुवैले नेपाली सिनेमामा शानदार इन्ट्री गरे । म्युजिक भिडियो, सर्ट मुभी, सिरियल खेल्दै करियर बनाउनु परे न
– दुवैले पहिलो फिल्मबाट सफलताको स्वाद चाखे । यिनीहरूका डेब्यु फिल्म सुपरहिट रहे ।
– यी दुवै लक्का जवान हिरोका अघोषित म्यानेजर उनीहरूकै पिता हुन् ।
लहर बाँधेर यसरी जोडा मिलाउँदै जाने हो भने अनमोल र समीरमा धेरैभन्दा धेरै समानता भेटिन्छन् । यस्तो लाग्छ, मानौँ यिनीहरू सिनेमा उद्योगका जुम्ल्याहा हुन् ।
यिनीहरूले आफ्ना पिताबाट अभिनयको आनुवंशिक गुण लिएर जन्मिए । अनि पिताकै कडा प्रशिक्षणमा हुर्किए । पिताकै इशारामा फिल्म साइन गरे । अनि पिताकै रेखदेखमा छायाङ्कनस्थलमा उत्रिए। दृश्यमा यिनीहरू थिए । तर, यिनीहरूलाई चलाउने अदृश्य हात पिताहरूको थियो ।
यिनीहरू हुर्कँदै गर्दा सायद सोधिएन, ‘तिमी के बन्छौ ?’
बरु यिनीहरूका पिताले अघि सरेर भनिदिए, ‘मेरो छोरो हिरो बन्छ ।’
यसरी अनमोल र समीरले आफ्ना पिताको अधुरो रहर बोकेर सिनेमा जगत्मा पाइला राखे । उनीहरूलाई यहाँ अवसरले मात्र पर्खिरहेको थिएन, उत्तिकै चुनौतीले पनि । किनभने आफ्ना पिताको विरासत बोकेर सिनेमामा आएका यिनीहरूलाई दर्शकले अनमोल वा समीर भनेर चिनेनन्। ‘फलानोको छोरो’ भनी औँल्याए ।
त्यही कारण दुवैको करियरको प्रवेशविन्दु त्यहाँबाट सुरु हुन्थ्यो, जहाँ यिनीहरूका पिता उभिएका थिए । यो रेखामा दौडँदा यिनीहरूले अपेक्षाको गह्रौँभन्दा गह्रौँ भारी बोक्नुपर्थ्यो ।
यद्यपि, दुवैको सरस्वती दाहिना भइदिइन् । सुरुवाती फिल्मबाट दर्शकको अपार माया बटुले ।
अनमोल
ठ्याक्कै १३ वर्षअघि, वर्षात्को मौसम थियो। सिनेमा घरको भित्तामा ‘होस्टल’ फिल्मको ब्यानर टाँसिएको थियो






प्रतिक्रिया दिनुहोस्