सप्तकोसी बस्ती नजिक, ५ हजार सर्वसाधारण जोखिममा

श्रोत : ईन्टरनेट

धरान । लगातारको बर्षातका कारण आएको बाढिले तिब्र कटान गर्दा सप्तकोसी नदी बस्ती नजिक पुगेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को पश्चिम क्षेत्रको करिव तीन किलोमिटर क्षेत्र कटान गरी सप्तकोसी नदी बस्ती नजिक पुगेको हो ।तीन किलोमिटर पूर्वमा रहेको सप्तकोसीले धार परिवर्तन गर्दै श्रीलंका टापु नजिक पुगेको छ ।

सप्तकोसीको बाढि बस्ती नजिक आए पश्चात यहाँका स्थानियले बस्ती सार्न सरकारसंग माग गरेका छन् । श्रीलंका टापुको गरैया टोलका ४५ घर परिवार बसेको बस्ती नजिक कोसीको बाढि आएकाले जुनसुकै बेला बगाउने  स्थानिय सुवेश चन्द्रवंशीले बताए । उनले कोसी बस्ती नजिक आउदा समेत स्थानिय, प्रदेश र संघिय सरकारले यहाँका वासिन्दाको सुरक्षामा चासो नदेखाएको गुनासो गरे ।  

frontline

सप्तकोसी नदीमा बाढिले क्षति पुर्याए पश्चात गृहमन्त्री बालकृष्ण खाँड कोसी प्रभावित क्षेत्रको उदयपुर  आए पनि  सुनसरी तर्फ  नआएको भन्दै स्थानियले आक्रोस पोखेका छन् । सप्तकोसीले पश्चिम क्षेत्र कटान गर्दा मानव बस्ती रहेको करिव डेढ सय मिटर नजिक सम्म कोसी बग्न थालेको छ ।

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, स्थानियवासिन्दा र संचारकर्मीहरुको टोलीले कोसी प्रभावित क्षेत्रको आइतवार निरीक्षण गरेका थियाे । मेयर खनालले सप्तकोसीले पश्चिम क्षेत्रमा तीन किलोमिटर चौडाइ र नौ किलोमिटर लम्वाई भन्दा बढि क्षेत्र कटान गरी मानव बस्तीमा प्रबेश गर्न लागेको बताए ।

उनले मानव बस्तीको डेढ सय मिटर सम्म कोसी बग्न थालेकाले तत्काल कटान नियन्त्रणको काम गर्न र नगरवासिलाई सुरक्षित स्थान तर्फ सार्ने व्यबस्था मिलाउन संघिय सरकारसँग माग गरेका छन् । 

‘मैले लिखित रुपमा प्रदेश  सरकार र संघिय सरकारलाई कोसी कटान नियन्त्रणको काम थाल्न पटक पटक अनुरोध गरेको छु, मेयर खनालले  भने,‘ तर सरकारले स्थानीयको सुरक्षामा चासो देखाएको छैन् ।’

कोसी कटान नियन्त्रणको काममा  भारत सरकारले  समेत चासो देखाएको छैन । भारतले सप्तकोसीको पूर्वी तटबन्धमा नियन्त्रणको काम गरेपनी पश्चिम क्षेत्रमा कुनै पनि काम नगर्दा बराहक्षेत्र नगरपालिकाका ५ हजार सर्वसाधारण जोखिममा परेका छन ।  

पूर्वी तटबन्दमा बगिरहेको सप्तकोसी यस पटक भने पश्चिम तर्फ फर्किएको छ । भारतको विहार सरकारले पूर्वी तटबन्द निर्माणको काम गरेपछी कोसीले पश्चिम तर्फ धार परिवर्तन गरेको हो ।

भारतले पश्चिम तर्फ तटबन्द निर्माण नगरेका कारण यस क्षेत्रमा बाढिले बर्षेनी हजारौं विघा जमिन कटान गरेको  छ । बाढि जमिन कटान गर्दै सप्तकोसीको विचमा पर्ने श्रीलंका टापुको बस्ती नजिक आएकोले स्थानिय त्रसित हुनु परेको शिक्षक सन्तोष चन्द्रवंशीले बताए । 

सप्तकोसीमा आएको बाढिले बर्षेनी सर्बसाधारणका घरखेत बगाउदा समेत स्थानिय, प्रदेश र संघिय सरकारले बाढि नियन्त्रणमा चासो नदिएको र पिडित परिवारलाई राहत उपलब्ध नगराएको उनको गुनासो छ । 

भारतको नियन्त्रणमा रहेको कोसी व्यारेजका सबै ढोका नखोलेका कारण कोसी नदीमा आएको बाढिले हाल सम्म ५० हजार विघा भन्दा बढि खेति योग्य जमिन कटान गरेको छ ।

हजारौ परिवारका घर परिवार बिस्थापित भएका छन । सप्तकासीले विस्थापित भएका परिवारलाई भारत सरकारले क्षतिपुर्ति दिने कोसी सम्झौतामा उल्लेख गरिएको छ । तर विस्थापित भएका हजारौं कोसी पिडितहरुले हाल सम्म क्षतिपुर्ति पाएका छैनन् ।

सप्तकोसीले सुनसरीको बराहक्षेत्र नगरपालिका, कोसी गाँऊपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको  कङकालिनी हनुमान नगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा ५० हजार विघा भन्दा बढी जमिन कटान गरेको  छ । 

कोसी सम्झौता अनुसार प्रमाणीकरण भएका ७ हजार ८ सय ६३ विघा जमीनको ८० करोड ४६ लाख रुपैयाँ क्षतिपुर्ति बापतको रकम भारतले दिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here