सदनमा जारी आन्दोलनलाई रास्वपाले सडकसम्म लैजाने

 समाचार सारांश

  • रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ।
  • रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार र बेथिति मौलाएको निष्कर्ष निकाल्दै सदन र सडकबाट आन्दोलन गर्ने निर्णय गर्यो।
  • बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकार तोडेको भन्दै आवाज उठाउन निर्देशन दियो।

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । 

frontline

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय भएको छ ।’

यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए ।

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखा परेका अप्ठेरा लगायतका विषयलाई सदनमा लैजाने निर्णय गरेको छ । त्यस्तै, प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग बैठकले गरेको छ । 

#रास्वपा #भिजिट भिसा #विरोध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here