सक्रिय बन्दै मनसुन, पश्चिम नेपालमा भारी वर्षा

३० जेठ, काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ ।

अहिले गण्डकी प्रदेशबाट पश्चिमका जिल्लामा वर्षा भइरहेको छ । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

frontline

अनुसार गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

डडेलधुरा, नुवाकोट, लमजुङ, स्याङ्जा, बर्दिया आसपासका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा समेत भैरहेको छ । उक्त पानी पार्ने प्रणाली उत्तरतर्फ सरिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम विज्ञान विभागका अनुसार डडेलधुराको परशुराम नगरपालिकास्थित ज्यामिरखालीमा एक घण्टाकै अवधिमा ४०.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाँकेको ढकेरीमा २९.६ तथा नुवाकोटको बेत्रावती र स्याङ्यामा २३ मिलिमिटर वर्षा मापन भएको छ ।

यही जेठ १५ गते नेपाल भित्रिएको यस वर्षको मनसुन पश्चिमतर्फ फैलिने क्रममा छ । जेठ २९ गते मनसुन फैलिँदै लुम्बिनी प्रदेशसम्म पुगेको थियो ।

मनसुन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here