संचार कार्यका लागि नगरपालिका संघले फ्रन्टलाइन भेन्चरसंग सहकार्य गर्ने

फ्रन्टलाइन, पुस २७ । नेपाल नगरपालिका संघ र फ्रन्टलाइन भेन्चर प्रा.ली. बिच स्थानिय सरकारका खबरहरु एकिकृत रुपमा संकलन गर्ने तथा आम नागरिकमाझ उजागर गर्ने उद्धेश्य सहित सहकार्य सम्झौता भएको छ । आज मंगलबार नेपाल नगरपालिका संघको कार्यालयमा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र फ्रन्टलाइन भेन्चरका अध्यक्ष इन्द्र रिजालले सहमतीपत्रमा हस्ताक्षर गर्नुभयो ।


स्थानिय सरकारका समाचार सम्प्रेषणका सबालमा नगरपालिकाहरुको अधिकतम सहभागिता गराउने र नगरपालिकाका वास्तविक समाचार एवम् खबरहरुलाई आम नागरिक सम्म पुर्याउने उद्धेश्यले नेपाल नगरपालिका संघले फ्रन्टलाइन भेन्चरसंग सो सहकार्य प्रारम्भ गरेको हो ।
नेपाल नगरपालिका संघकोले विभिन्न चरणको संवाद, छलफल र सुझाव पछि फ्रन्टलाइन भेन्चर संग सहकार्य शुरु गरेको हो । नगरपालिका हरुको अभिभावक संस्थाका रुपमा रहेको नगरपालिका संघले सबै नगरपालिकालाई समेट्न र जनप्रतिनिधि र नागरिक बिचको संचारलाई थप मजबुत गराउँदै प्रभावकारी ढंगले कार्य सम्पादन गराउन मद्धत पुग्ने उद्धेश्य सहित फ्रन्टलाइन भेन्चर अन्तर्गतको समाचार प्रविधि मार्फत कार्य थालनी गर्ने भएको हो ।

frontline


परियोजना अघि बढेकोमा खुशी व्यक्त गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जुले “स्थानिय सरकारले अघि बढाउने विकास, निर्माणका काम, बनाउने नीति नियम, कानुन, आदि बारे जनतालाई सुसुचित गराउन र आम जनताको खास माग र आवश्यकता बारे जनप्रतिनिधि लाई अवगत गराउन यो सहकार्य प्रभावकारी हुने उल्लेख गर्नुभयो । संघ मार्फत सबै नगरपालिकाको बारे जानकारी प्राप्त गर्न र जनतालाई जानकारी दिन यो परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छु ”, ब्यान्जुले भन्नुभयो ।
यस्तै नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि यस परियोजना मार्फत नगरपालिकाले आफुले गरेका काम आम जनतामाझ सार्वजनिक गर्न र जनता संग अझै निकट रहन मद्धत पुर्याउने बताउनुभयो । “संघ सबै नगरपालिकाको अभिभावक संस्था हो ,त्यसैले संघले आफैँ मातहत संचार प्रविधि संचालन गरि सबै नगरपालिकालाई एक ठाउँमा ल्याई नगरपालिकालाई थप जवाफदेही र प्रभावकारी कार्यसम्पादनमा अग्रसर गराउनु पर्छ भन्ने सुझाव समेत ग्रहण गरि यो परियोजना शुरु गरेका हौँ” देवकोटाले भन्नुभयो ।
संचार क्षेत्रमा अग्रणी संस्थाका रुपमा स्थापित फ्रन्टलाइन भेन्चर प्रा.लीका अध्यक्ष इन्द्र रिजालले नेपाल नगरपालिका संघ संगको यस सहकार्यले संघ र नगरपालिकाहरु संगै मुलुकभरका नागरिक समेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल नगरपालिका संघको सक्रियतामा फ्रन्टलाइन भेन्चरले निर्माण गरेको समाचार प्रविधि मार्फत निकट भविश्यमा देशभरका नगरपालिकालाई समेट्ने गरि समाचार संकलन तथा सम्प्रेषण कार्य गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here