शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेकी छिन्।

आइतबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेकी हुन्।

frontline

उनले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराएकी छिन्।

उनले भनेकी छिन्, ‘शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन हुन सूचित गरिन्छ। अन्यथा शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) बमोजिम कानुनी कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराइन्छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here