व्यास –५ मानुङकोट होटलले स्तरीकरण अभियानअन्तर्गत हरियो स्टिकर

 पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–५ स्थित मानुङकोट रिसोर्टले होटल तथा रेस्टुरेन्ट स्तरीकरण अभियानअन्तर्गत हरियो स्टिकर प्राप्त गरेको छ।

होटल तथा रेस्टुरेन्टको सेवा, सरसफाइ, खाद्य सुरक्षा, स्वच्छता तथा अन्य मापदण्डको मूल्याङ्कन गर्दै गरिएको अनुगमनका क्रममा रिसोर्टले आवश्यक मापदण्ड पूरा गरेको निष्कर्षसहित हरियो स्टिकर प्रदान गरिएको हो।

frontline

राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूलाई गुणस्तरीय सेवा, स्वच्छ वातावरण र सुरक्षित खाद्य व्यवस्थापनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले स्तरीकरण अभियान सञ्चालन गरिएको हो। यस अभियानमार्फत उपभोक्ताले पनि होटलको सेवा र गुणस्तरबारे सहज जानकारी पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here