लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्

समाचार सारांश
- लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो, जसमा खुसीजंग गुरुङ र सुदीप अधिकारी घाइते भए।
- घाइतेहरूको चितवनमा उपचार भइरहेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
काठमाडौँ । शनिबार लमजुङको वेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार हुँदैछ । गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१ को अध्यक्ष समेत हुन् । जिल्ला अधिवेशन उद्घाटनको क्रममा उनीहरूलाई तरुण दलकै अर्को समूहले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएका अरू ३ जना डिस्चार्ज भएका छन् । खुकुरी प्रहारमा संलग्नहरूलाई पक्राउ परेका छैनन् । घटनमा संलग्नहरूको खोजी भइरहेको लमजुङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘आक्रमणमा संलग्नहरूको पहिचान र खोजी कार्य हुँदैछ ।’




गण्डकी प्रदेशका मन्त्रीद्वय टकराज गुरुङ र भेषबहादुर पौडेल झडप हुँदा घटनास्थलमा नै थिए । उनीहरू दुवैले फरक समूहको प्रतिनिधित्व गर्छन् ।
प्रतिक्रिया दिनुहोस्