रौतहटमा बिपद ब्यबस्थापन सम्बन्धि अन्तरक्रीया समपन्न ,१३ पालिकाले गरे सम्झौता ।

रौतहट / गौर – रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रीया कार्यशाला सम्पन्न भएको छ।

बिहिवार गौरको जिमार्ट् होटेलमा समुदायमा आधारित बाढी पुर्व सुचना प्रणाली दिगोपनको लागि सरोकारवालाहरु बिच सम्झौता तथा मनसुनजन्य विपद व्यवस्थापन सम्बन्धी अन्तरक्रीया कार्यशाला कार्यक्रम समपन्न भएको हो।

frontline

माण्डवीद्धारा आयोजित तथा ईसिमोडको आर्थिक तथा प्राविधिक सहयोगमा रौतहट जिल्लामा एच.आई ग्रीड – परियोजना अन्तर्गत आयोजित अन्तरकृया कार्यक्रमबिच बिपद ब्यबस्थापन सम्बन्धि गम्भिर छलफल र सम्झौता पश्चात कार्यक्रम समपन्न भएको आयोजक संस्थाकी अध्यक्ष अन्जु झाले जानकारी दिएकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती रामअयोध्या यादवले बिपद ब्यस्थापनको लागि माण्डबीले देखाएको तत्परता र हार्दिकताको लागि आयोजक माण्डबीलाई धन्यबाद ज्ञापन गर्दै बिपद ब्यस्थापको लागि आफुबाट हुने सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएका छन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी हिराला रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई समापन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले एच .आई ग्रीड परियोजनाको महत्व बारे जानकारी गराउदै भविष्यमा यसको दिगोपनाका लागि हामी सबै सरोकारवालाहरु एकजुट भई एकबद्ध रुपमा लाग्नु पर्ने बताएका छन् ।

जिल्ला बिपद ब्यस्थापन समितिको अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी रेग्मीले सम्पुर्ण स्थानीय तहको प्रमुख र सरोकारवालालाई आ -आफ्नो ठाउँमा बैठक बसि बिपद ब्यस्थापनका लागि के गर्न सकिन्छ ,के आवश्यक छ ।बर्सायाम र बाढिको समयमा हुने क्षति देखि पुर्वाधार निर्माणका लागि गम्भीर बिचार बिमर्श गर्न सुझाव दिएका छन् ।

रेग्मिले बिपद ब्यबस्थापनको लागि पहिले झै अहिले र आउने दिनमा रौतहट प्रशासन अहोरात्र खट्न तयार रहेको बताउदै स्थानीय तह र जनताबाट सुझाब र सहयोगको अपेक्षा रहेको बताउनु भएका थिए।

कार्यक्रम कै बिच समुदायमा आधारित बाढी पुर्व सुचना प्रणाली दिगोपनाका लागि लाल बकैया नदीबाट प्रभावित १३ वटा नगरपालिका तथा गाउँपालिकाहरु बीच बजेट विनियोजन लगायत नेतृत्वदायी भुमिका निर्वाहका लागि अन्तरकृया र छलफल भएको आयोजक संस्था कि अध्यक्ष अन्जु झाले बताएकि छन् ।

सो कार्यक्रममा बर्षेनी लाल बकैया नदीबाट हुने क्षतिलाई कम गर्न तथा बाढी पुर्व सुचना प्रणालीलाई दिगोपनाका लागि लक्षित १३ वटै पालिकाहरुले न्युन्तम एक लाख सम्म बजेट विनियोजन गरी अक्षय कोष स्थापना गर्नका लागि सँयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको समेत अध्यक्ष झाले खुलाएकि छन् ।

कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय रौतहट ,जिल्ला समन्वय समिति रौतहट ,गौर नगरपालिका ,ईशनाथ नगरपालिका ,राजपुर नगरपालिका ,परोहा नगरपालिका ,देवाहि -गोनाहि नगरपालिका ,बौधीमाई नगरपालिका ,गुजरा नगरपालिका ,मौलापुर नगरपालिका ,कटहरिया नगरपालिका ,राजदेबी नगरपालिका,माधव नारायण नगरपालिका,यमुनामाई गाउँपालिका ,माण्डबी र अन्तरास्ट्रीय एकीकृत पर्वतिय बिकास केन्द्र ( ईसिमोड )बिच लालबकैया नदि जलाधार क्षेत्रमा समुदायमा आधारित बाढि पुर्वसुचना प्रणालीको दिगो संचालनको लागि सम्झदारी पत्रमा हस्ताक्षर भएको अध्यक्ष झाले प्रष्ट पारेकी छन् ।

कार्यक्रममा भएको सम्झौता अनुरुप सबै पालिकाले बजेट विनियोजन गर्नेमा सहभागी नगर प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले प्रतिबद्धता र जोड दिएका थिए ।

कार्यक्रममा संबंधित नगरपालिका र गाउँपालिकाको नगर प्रमुख ,प्रशासकिय अधिकृत , रौतहटका जनपद ,शस्त्र र अनुसन्धान बिभागका प्रहरी प्रमुख लगायत सयकडौ प्रबुद्ध बर्गको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here