रुपन्देहीमा पेस्तोल खेलाउँदै गर्दा गोली चल्यो, एक घाइते,तीनजना नियन्त्रणमा

रुपन्देहीमा पेस्तोल खेलाउँदै गर्दा गोली चल्यो, एक घाइते,तीनजना नियन्त्रणमा

सलमान खान

सलमान खान

असोज १८, २०८३ आइतबार १२:२२:२

frontline
रुपन्देहीमा पेस्तोल खेलाउँदै गर्दा गोली चल्यो, एक घाइते,तीनजना नियन्त्रणमा

50Shares

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

भैरहवा : रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा पेस्तोल खेलाउने क्रममा गोली चल्दा एक युवक घाइते भएका छन्। साथै,घटनामा संग्लन आरोपमा देवदह नगरपालिका–५, मितेरी गाउँका ४२ वर्षीय दिपक उर्फ दुर्गा प्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार,गालामा गोली लागेर घाइते भएका बुटवल उपमहानगरपालिका ९ मिलन चोकका २२ वर्षीय रायन खत्री क्षेत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा प्रयोग भएको म्यागजिनसहितको माउजर पेस्तोल र २ राउण्ड गोली बरामद गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here