राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीहरूमा आगजनी

समाचार सारांश

  • लस एन्जलसमा राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड तैनाथीको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिए।
  • प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रदर्शनकारीहरूले सवारीसाधनमा आगजनी गरे भने सुरक्षाकर्मीले अश्रुग्याँस र रबरको गोली चलाए।
  • आप्रवासन नीतिको विरोधमा भएको प्रदर्शनमा करिब ३०० सुरक्षा गार्ड तैनाथ गरिएको थियो, जसले गर्दा स्थानीयमा आक्रोश बढेको थियो।

लस एञ्जलस । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथपछि आइतबार लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) समेत अवरुद्ध गरेका हुन् । 

उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भए । 

frontline

तर केही प्रदर्शनकारीहरूले सडकमा बनाइएको अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहे। क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि समेत आक्रमण भएपछि उनीहरु ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।

४० लाख जनसङ्ख्या भएको लस एञ्जलसमा आइतबारको प्रदर्शन सहरको केन्द्र भागमा केन्द्रित थियो । ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि भइरहेको विरोधको यो सबैभन्दा कडा प्रदर्शन भएको दिन थियो। 

करिब ३०० सुरक्षागार्डको आगमनले जनतामा आक्रोश र भय थपिएको थियो । सुरक्षागार्डहरूलाई संघीय भवनहरू जोगाउन तैनाथ गरिएको थियो, विशेष गरी केन्द्रबिन्दु बनेको डिटेन्सन सेन्टरको सुरक्षाका लागि। लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको’ स्वीकार गरेका छन् ।

बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रण ढालसहित उभिएका थिए। प्रदर्शनकारीहरू भने ‘घर फर्क’ भन्ने नारा लगाइरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here