राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनीः अनेरास्ववियु महासचिव धामी
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
उनले जेनजी आन्दोलनका मागप्रति आफूहरू पनि ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पु¥याउने, हत्या र लुटपाट गर्ने प्रवृत्तिको विरोध गरेको बताए। धामीले भने, “हामीले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएका छौं । दोषी जो भए पनि कानुनको दायरामा ल्याउनुपर्छ ।”
धामीले दलप्रतिको विचार र आस्थाका कारण मात्र कसैलाई अपराधी ठहर गर्नु गलत भएको टिप्पणी गरे। उनले भने, “विचार र आस्थाका हिसाबले म एमाले हुँ, तर त्यो भन्दा पहिला म देशको सचेत नागरिक हुँ । दलमा आस्था राखेकै कारण दोषी ठहर गर्ने प्रवृत्तिले समाजलाई सही दिशातिर लैजान सक्दैन ।”
भ्रष्टाचार र अपराधमा दोषीलाई जोगाउने कुनै पनि प्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए ।
धामीले जेनजी आन्दोलनको नाममा विवादित व्यक्ति सरकारमा पुगेको र उनीहरूले प्रतिशोधका आधारमा राज्य संयन्त्र प्रयोग गर्न खोजेको आरोप लगाए । उनले भने, “हामीले सोचेका थियौं, जेनजीले नै सरकारको नेतृत्व गर्छन् कि भनेर, तर अहिले कुर्सीमा विवादित व्यक्ति पुगेका छन् र उनीहरूले राज्यका अंगको दुरुपयोग गर्न खोजिरहेका छन् ।”
त्यसक्रममा उनले जेनजी आन्दोलनका अगुवा बताइने हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङमाथि विदेशी सहयोगको डलरमा नक्कली बिल पेस गरेर समाजसेवा गरेको आरोप लगाउँदै जनताको पीडामा निःशुल्क सेवा गर्न चुनौती समेत दिए ।
धामीले भने, “हामी भूकम्प, कोरोना, बाढीपहिरो जस्ता विपत्तिमा निःशुल्क जनसेवामा खटियौं, सुधन गुरुङले प






प्रतिक्रिया दिनुहोस्