योगदान राष्ट्रको लागिद्धारा ३ दिने प्राथमिक उपचार तालिम तथा रु. १०० योगदान अभियान उद्घाटन


चर्चित सामाजिक संस्था योगदान राष्ट्रको लागिले ३ दिने प्राथमिक उपचार तालिम तथा रु. १०० योगदान अभियान उद्घाटन गरेको छ ।
शुक्रबार चाबहिल, काठमाडौँमा नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको हो । उहाँले ब्यानर पढेर र पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रक्षामन्त्री उप्रेतीले योगदान राष्ट्रको लागि संस्थाले गर्दै आएको काम उदाहरणीय रहेको बताउनुभयो । प्राथमिक उपचार सम्बन्धि जनचेतना, तालिम लगायतको कार्य राज्यले गर्नुपर्नेमा संस्थाले गरेर राज्यलाई सघाएको बताउनुभयो । संस्थाले उच्च भाव र भावनाका साथ काम गर्दै आएको योगदान संग हातमा हात, काँधमा काँध राखेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो । अबका दिनमा पनि कामलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
सामाजिक संस्थालाई राज्यले हेर्ने दृष्टिकोण कमजोर रहेको स्विकार्दैै राज्यलाई झकझकाउने कार्यमा सल्लाह गरेर अघि बढ्न तयार रहेको उहाँको भनाई छ । धार्मिक शास्त्रमा पनि अरुलाई सेवा गर्नु धर्म र दुख दिनु पाप हो भनेर उल्लेख गरेको जानकारी गराउँदै संस्थाले समाजसेवाको काम गरेकोमा यो महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले सबैको भाव भएमा अबको १० बर्षमा गरि खाने देशको जनता हो भनेर सिर ठाँडो गर्न सकिने अवस्था आउने सक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राहुल कौशलले अभियानको बारेमा जानकारी दिँदै स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा चर्चित नायक रमेश उप्रेती, चचित कलाकार कृष्ण सिवाकोटी, कवि अर्जुन पराजुली, व्यवसायी मोहन विक्रम कार्की, सञ्चारकर्मी राजिव खत्री, नविन धमला, ऋषि थपलिया, समाजसेवी रामेश्वरजङ केसी,समाजसेवी लक्ष्मण गाम्नागे, रामकृष्ण घिमिरे, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष, संस्थाका स्वास्थ्य संयोजक डा. सुवास घिमिरे, सञ्चारकर्मी तथा संस्थाका प्रेस सल्लाहकार इन्द्र रिजाललगायतले मन्तब्य राख्दै संस्थाले गरेको काम प्रशंसा गर्न योग्य रहेको बताउनुभयो ।
शुक्रबारबाट ३ दिने प्राथमिक उपचार तालिम पनि सुरु भएको छ । तालिम जेठ ११ गतेदेखि १२ र १३ गते सञ्चालन हुनेछ । तालिममा संस्थाका अध्यक्ष, अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले प्रशिक्षण दिनुभएको छ । उहाँले विभिन्न २० शिर्षकमा रहेर तालिम दिनुभएको छ । बेहोस हुने, छारे रोग, अंगभंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तस्राव, आगोले पोलेमा, विष सेवन गरेमा, हृदउघात, किराको टोकाई, दम, लु र गर्मी लागेमा, नाकबाट रगत आउने, आघात, लेक लागेमा, पानीमा डुबेको, एईडी, अक्सिजन लगायतको बारेमा जानकारी गराउनुभएको छ । तालिम प्रयोगात्मक विधिबाट सिकाइएको छ ।
संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन प्रवक्ता हिरण्यराज उप्रेती र बेलिना थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here