युद्धविरामसँगै पाकिस्तानले सबै उडानका लागि हवाई क्षेत्र पुनः खोल्यो

२७ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको केही समयपछि पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । यो घोषणासँगै सबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।
यसअघि, लगातारको सैन्य झडपका कारण पाकिस्तानले हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको थियो, जसले अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू प्रभावित पारेको थियो ।




तर अब, युद्धविरामको घोषणापछि सामान्य स्थितिमा फर्किन थालेको संकेतस्वरूप हवाई आवागमन पुनः सुचारु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्