मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

१६ फागुन, तानसेन  । कालीगण्डकी करिडोरको राम्दी रामपुर सडकखण्डको हुगीमा मोटरसाइकल दुर्घटनामा  एकजनाको ज्यान गएको  छ।

मृत्यु हुनेमा लु ७ प ५०४३ नम्बरको मोटरसाइकल चालक १७ वर्षीय संदिप न्यौपाने रहेका छन् ।  सोही घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ। 

frontline

हुगीबाट रामपुर जाँदै गरेको मोटरसाइकल हुगीमा दुर्घटना हुँदा घाइते भएका संदिप न्यौपाने र मोटरसाइकलको पछाडि रहेका रामपुर नगरपालिका वडा नं. १० सिकोडाडाका २५ वर्षीय उमाकान्त चापागाई लाई प्रहरीले उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको थियो ।

 न्यौपानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए ।

उनका अनुसार  घाइते चापागाईको उपचार भइरहेको छ।  मोटरसाइकल सडकबाट करिब १० मिटर तल खसेको थियो।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here