माधव नेपाल समूहका नेताहरुले स्पष्टिकरण नदिने

काठमाडौँ । नेकपा एमाले माधव कुमार नेपाल समूहका नेताहरु पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नदिने भएका छन् ।

विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित ११ सांसदलाई स्पष्टिकरण सोधेको थियो । माधव समूहले भने कारवाही सहन तयार हुने तर स्पष्टिकरण नदिने अडान लिएको छ।

frontline

उनीहरुबारे निर्णय लिनका लागि अध्यक्ष केपी ओलीले भने सोमबार साँझ स्थायी कमिटीको बैठक बोलाएका छन् । माधव नेपाल सहित ११ सांसदहरुबारे यही बैठकले निर्णय लिने बताइएको छ ।

यस्तै संसद विघटन रद्द गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव समूहका २३ जना सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहमति जनाउने सबै सांसदको नाम भने उक्त रिटमा छैन ।

पहिले देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा हस्ताक्षर गर्ने सांसद २६ जना थिए भने सोमबार रिट दायर गर्ने क्रममा २३ जना मात्रै छन् । माधव समूहका भनी चिनिएका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाको नाम रिट दायर गर्ने सांसदको सूचीमा छैन ।

प्रतिक्रिया दिनुहोस्

poster-here