माओवादी टोली राकम पुल हुँदै कर्णाली प्रदेशमा

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिममा अभियान सकिएपछि टोली कर्णाली पुगेको हो ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका छन् । अध्यक्ष प्रचण्ड नेतृत्वको टोली राकम पुल हुँदै कर्णाली प्रदेश प्रवेश गरेको छ । 

frontline

यसअघि बैतडीको पाटनमा उद्घाट गरिएको  कार्यक्रममा कम्युनिष्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्लको टिमलाई हस्तान्तरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here