माओवादी केन्द्रको जागरण अभियान स्थगित
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैकठले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।
‘पार्टीको पूर्व निर्धारित तराई–मधेश जनजागरण अभियान ९हुलाकी राजमार्ग केन्द्रित० र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका
कारण हाललाई स्थगित गरिएको छ’, जारी सर्कुलरमा भनिएको छ ।
तराई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।
माओवादी केन्द्रले ती अभियान स्थगित गरी सबै प्रदेश, जिल्ला, पालिका, वडा र टोल स्तरमा पार्टीका बैठकहरू आयोजना गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनसेवासम्बन्धी कामहरू गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्