महामन्त्रीमा प्रदीप पौडेल, अमरसिंह पुनमगर र डा. डिला संग्रौलाको अग्रता
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी रहेको छ। गएरातिबाट उपसभापति र महामन्त्रीको मतगणना जारी रहेको हो।
निर्वाचन समितिका अनुसार महामन्त्रीको खुल्ला तर्फ प्रदीप पौडेल र अमरसिंह पुनमगरले अग्रता लिएका छन्। पौडेलले ७२३ मत प्राप्त गर्दा मगरले ४५५ मत ल्याएका हुन्।
उनीहरुका प्रतिद्वन्द्वी उदयशमशेर राणाले ४१२ र डा. सुनिलकुमार शर्माले ३०९ मत ल्याएर पछ्याइरहेका छन्।
यसैगरी गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्। मतगणना सानेपामा जारी रहेको छ।
यता समावेशी महिलामा डा. डिला संग्रौला पन्तले अग्रता लिएकी छन्। उनले ५३६ मत प्राप्त गर्दा डिना उपाध्यायले ५१३ र रीता खनालले १४७ मत प्राप्त गरेकी छन्। सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्वाचित भइसकेका छन्।






प्रतिक्रिया दिनुहोस्