मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण : ७ लाख कामदारबाट २ अर्बभन्दा बढी ठगी

ठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनरायण नगरपालिका–९ बस्ने ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भएर टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

उनीहरूले म्याक्रोटेक प्रालि नामको कम्पनीमार्फत मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्क लिएर ठगी गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । मेडिकल स्क्रिनिङको नाममा आरोपीहरूले अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर गैरकानुनी तरिकाले कामदारबाट रकम असुलेको ब्यूरोका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here