भोलि बेलुकासम्म साझा उमेदवार तोक्छौँ : रामचन्द्र पौडेल

फाइल तस्बिर

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका आकांक्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुंगो लगाउने बताएका छन् ।

चाक्सीबारीमा भएको छलफलपछि उनले यस्तो बताएका हुन् । उनले भने, “भोलि बेलुकासम्म हामीले साझा उमेदवार तोक्छौँ ।”
बुधबार बिहान अनुपम फुडल्यान्डमा बैठक बोलाइएको छ ।

frontline

“सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्‍यौँ,” उनले भने, “महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौँ । केही प्रक्रिया पूरा गरेर भोलि टुंगो लगाउछौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here