भोटेकोसीको बाढीले रसुवा बजार र भन्सार सबै बगायो

बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ।

लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।

frontline

उनका अनुसार दुईवटा बजार तहसनहस भएको छ । उनले भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ । रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’

अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here