भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको मृत्यु भएको छ ।

frontline

पछिल्लो २४ घण्टामा मात्र भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५८ हजार नाघेको छ ।

गत २४ घण्टामा भारतको केरलामा १२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या स्थिरजस्तै देखिएको छ ।

यद्यपि कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५ लाख ९ हजारमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here