बैंकको ब्याजदर घट्दै, शेयर धितो कर्जा लिने बढ्दै, माघमा मात्रै बैंकहरुले शेयर बजारमा दिए १ अर्ब कर्जा

शेयर खरिदको लागि जाने शेयर धितो कर्जा निरन्तर बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत माघ महिनामा मात्रै १ अर्ब शेयर धितो कर्जा गएको छ। पुसमा पनि ३ अर्ब बढी कर्जा गएको थियो।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। माघसम्ममा ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा गएको छ।

frontline

पुससम्ममा ८४ अर्ब २९ करोड रुपैयाँ कर्जा गएकोमा माघमा मात्रै बैंकहरुले ८८ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन्।

राष्ट्र बैंकले शेयर धितो कर्जाको नीतिमा केहि खुकुलो बनाउँदै लगेपछि यस्तो कर्जा बढ्न थालेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। पहिलो त्रैमासिक समीक्षामा पनि शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो भने सीमा पनि बढाएको थियो। सो पश्चात ठूला कर्जा बढ्न थालेको देखिन्छ। अहिले शेयर बजार सकारात्मक देखिदा पनि लगानीकर्ताले शेयर धितो कर्जा बढाएका छन्।

  • एक करोडभन्दा बढी रकमको कर्जा सबैभन्दा धेरै बढ्यो

चालु आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा बढी रकमको कर्जा सबैभन्दा धेरै १६.९ प्रतिशतले बढेको छ भने ५० लाखदेखि १ करोडसम्मको कर्जा १.२ प्रतिशतले बढेको छ। यस्तै २५ देखि ५० लाखसम्म्को कर्जा ८ प्रतिशतले बढेको छ। यसले ठूला कर्जा बढ्न थालेको प्रष्ट देखाउछ।

लगानीकर्ताले कर्जा थप्दै जाँदा ठूलाे कर्जा बढेको छ। असारसम्ममा ४४ अर्ब ७१ करोड रहेको १ करोड माथिको कर्जा अहिले ५२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा २५ लाख तलको कर्जा पनि १.९ प्रतिशतले बढेको छ।

अहिले शेयर बजारले विस्तारै गति लिन थालेको कारण पनि लगानीकर्ताले कर्जा लिएर बजारमा लगानी बढाउन थालेका छन्। लामो समयदेखि वियरिस ट्रेण्डमा रहेको शेयर बजारले विस्तारै सकारात्मक लय लिन थालेको छ अर्कोतर्फ बैंकको ब्याजदर पनि घट्दै गएको छ। यसले गर्दा लगानीकर्ताले कर्जा बढाउन थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here