बेल्जियम र इरानबिच भएको खेल गोलरहित बराबरीमा
फिफा विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ।
अघिल्लो खेलमा पनि बराबरी खेलेका यी दुवै टोलीले लस एन्जलसमा भएको समूह जीको दोस्रो खेलमा पनि गोलरहित बराबरी खेलेका हुन्।
खेलको २७ औँ मिनेटमा इरानले गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्।
दोस्रो हाफको ६७ औँ मिनेटमा बेल्जियमका डिफन्डर नाथक एनगोय रातो कार्ड पाएर बाहिरिए। १० खेलाडीमा सिमित भएपछि बेल्जियम झन् दबाबमा परेको थियो। तर, उसले रक्षात्मक खेल्दै इरानबाट हुनसक्ने गोललाई राक्यो।
अघिल्लो खेलमा पनि बराबरी खेलेर १-१ अंक जोडेका दुवै टोलीले यो खेलबाट पनि १-१ अंक थप गरेका छन्।
यसअघिको खेलमा पनि बेल्जियमले इजिप्टसँग १-१ गोलको बराबरी खेलेको थियो भने इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेलेको थियो।
विश्व फुटबल वरीयतामा बेल्जियम ९ औँ र इरान २१ औँ स्थानमा छ।






प्रतिक्रिया दिनुहोस्