बूढीगण्डकीले बनायो बिजोग, तस्बिरहरू
काठमाडौँ। गोरखाको चुमनुव्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहित आइतबार आकस्मिक बाढी आएको छ।
अचानक आएको लेदोसहितको बाढीले नदी किनारका बस्ती, पुल तथा हाइड्रोपावरका संरचनाहरूमा ठुलो क्षति पुर्याएको छ। बाढीका कारण तटीय क्षेत्रका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।
बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउने काम भइरहेको छ। प्रस्तुत तस्बिरहरू बाढी आएको भोलिपल्ट सोमबार बिहान लिइएका हुन्।






प्रतिक्रिया दिनुहोस्