बुढीगण्डकीले पुल लगेपछि तार टाँगेर चामल तार्दै धार्चे

गोरखा : बुढीगण्डकीको बाढीले पुल लगेपछि गाउँमा खाद्यान्न अभाव हुन नदिन धार्चे गाउँपालिकाले नदीमाथि तार टाँगेर चामल पठाएको छ। धार्चे—३ खोर्लाबेंसीबाट बुढीगण्डकीमाथि बिजुलीको तार टाँगेर तान्दै र घुचेट्दै केरौंजाबेंसीमा चामल पठाएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। 

‘बाढीले बाटोघाटो, पुल सबै लग्यो। पाँच दिन भयो खाद्यान्न ढुवानी ठप्प भएको छ’, उनले भने, ‘सबै ठाउँको अवस्था उस्तै हो, तर केरौंजाबेंसीका बासिन्दा दैनिक ज्यालादारी गर्दै साँझबिहानको छाक टार्दै गर्छन्। त्यहाँका बासिन्दा भोकभोकै पर्ने डरले जसोतसो गरेर चामल पठाएको हो।’

frontline

बिजुलीको तारमा झुन्ड्याएर शुक्रबार ८ बोरा चामल गण्डकीपारि पठाएको उनले बताए। बिजुलीको तार दुवैतिरको रूखमा बाँधेर चामल पठाइएको हो। सो ठाउँमा ९३ मिटर दूरी रहेको छ। भोकमरीको अवस्था नआओस् भनेर युवाहरू जुटेर आफ्नै प्रविधिको तुइन बनाएको अर्का स्थानीय राज गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here