बुढीगण्डकीमा सामाजिक सञ्जालको सही प्रयोग

बुढीगण्डकी नदीमा आइतबार एक्कासि आएको बाढीले भदौ १० को भोटेकोशीकै झझल्को दिएको थियो। यद्यपि भोटेकोशीको तुलनामा बुढीगण्डकी बाढीले मानवीय क्षति कम गरायो। यसको सबैभन्दा पहिलो कारण स्थानीय बासिन्दाले पाएको र फैलाएको सूचना हो। यो सूचना कति शक्तिशाली हुन्छ भन्ने कुरा फेरि प्रमाणित गरेको घटना भयो।

घाम झुल्किनुभन्दा अघि नै गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले जसै झिसमिसे अगाडि नै बाढीको भेउ पाए, आफूहरूमात्रै ब्युँझिएनन्, अरूलाई पनि ब्युँझाए। उनीहरूले सामाजिक सञ्जाल र फोनमार्फत फैलाएको सूचनाका कारण तल्लो तटीय क्षेत्रका बासिन्दाले पनि ज्यान जोगाए। सामाजिक सञ्जालको सही सदुपयोग पनि यसपालि यो घटनामा हुन गयो। हालैको भोटेकोशी बाढीका कारण पनि स्थानीय बेलैमा सचेत भए जोगिन सकिन्छ भन्ने शिक्षालाई व्यवहारमा उतारेको हुनुपर्छ। स्थानीय ब्युँझनु, सूचना फैलाउनु संयोगले सुखद उपलब्धि भए पनि सरकारी संयन्त्र पनि ढिलो ब्यँुझियो। अर्थात् सरकारी सूचना डेढ घण्टा ढिलो प्रवाह भयो। त्यो पनि स्थानीयकै स्रोतका आधारमा।

frontline

विपद् जोखिम न्यूनीकरणमा सधैं उठ्ने प्रश्न पूर्वसूचना प्रणालीको हो। बुढीगण्डकीमा आरुघाटभन्दा माथिल्लो क्षेत्रमा जल सतह मापनको कुनै यन्त्र थिएन। त्यसकारण सूचना प्राप्त हुने कुरै भएन। हाम्रा हिमाल, हिमनदी र हिमताल तथा सबैजसो नदीनालामा हुन सक्ने पहिरो र बाढीको पूर्वसूचना र संकेत राज्यले संकलन गर्नुपर्छ र त्यो प्रवाह गर्नुपर्छ भनेर सधैं आवाज उठ्छ। त्यसो भए बेलैमा सूचना पाए जोकोही पनि सुरक्षित स्थानमा सर्न सक्छ। धन्न गाउँलेले बेलामा स्वतः सूचना पाए नदीको गडगडाहटबाटै। होइन भने सरकारले राखेको कुनै प्रविधिले सूचना दिएन, किनभने सरकारले त्यस्तो प्रविधि नै कहाँ जडान गरेको छ र ?   नदीहरूमा सामान्यभन्दा बढी पानीको प्रवाह हुँदा खबर दिने प्रणाली जडान हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here