बाल्यकालको क्रियाकलापकै आधारमा ब्यवहार निमार्ण

१ जेठ, काठमाडौं । सानो हूदाँ बूवा आमाको नजीक ढिकी चलाउदा छेउमा बसी गट्टा खेल्दाको आनन्द, खोलाको बगरमा साथीसग खेल्दै गर्दा , खेतमा बाबा आमासगैै माटो चलाउदा आएको मज्जा अवका बालवालिकामा कहाँ ति रमाइला पलहरु देख्न पाइएला त ?

हरेक परिवार शहरतिर नयाँ प्ँरिबेशमा आपना काममा ब्यथीत भइ बालवालिकालाई परिवारबाट छूटाइ सानैदेखी एउटा बन्द कोठामा राखी उसको जीवन अन्धकार पो बनाउन लागी रहेका छौ कि सोचौ त !

frontline

जब बालवालिका खेल्नका लागी प्रकृति छैन, उसका लागी चिन्नका लागी एउटा निशूल्क पाइने बस्तूसग टाढा बनाइरहेका छौ कि ? जसले गर्दा बन्धनमा बाधिएका पक्षी सरह उसको जिवनलाई बाध्ने कोशिस पो गर्दै छौ कि ?

शिशूलाई गर्भदेखि नै हामीले बोलेका र गरेका ब्यवहारले धेरै प्रभाव पार्छ र जन्मीएपछि ८ बर्ष सम्म जस्तो बोली ब्यवहार गर्यौ, सो अनूसार नै बालवालिकाको ब्यवहार निमार्ण हूने गदर्छ ।

त्यसैले बालवालिका गर्भमा आउनू पहिला देखी नै योजना बनाएर र शिशूको जन्म पश्चात अभिभावकले देखाउने ब्यवहार आक्रमक भयो या अरुको कूरा काटने गर्यो भने त्यस्तै हूने किनकी बालवालिका नक्कल गरी सीक्दछन ।

भनीन्छ नी रुखो बोल्ने बाबू आमाको छोराछोरीपनि रुखो नै बोल्छन अभिभावककै ब्यवहार नक्कल गरी उसको ब्यवहार सकरात्मक या नकरात्मक के छ त्यहि अवलोकन गरी सीप सीकेको हून्छ ।

आजभोली अभिभावकहरु बालवालिकालाई राम्रा बिद्यालय पढाउन भनी हजारौ लाखौ पैसा खर्च गर्ने गर्छन्, साथै बालवालिकालाई मोवाइल , ल्यापटपमा भूलाउन दिन्छौ, यति मात्र नभई उसलाई खूसी पार्न मोवाइल किनिदिने केहि अभिभावकहरुपनि देखेको छू, साच्चिनै के लाग्छ तपाईलाई ४,५ कक्षा नपढदै उसलाई हातमा मोवाइल थमाउदा उसले केहि ज्ञानका कूरा पनि सीक्ला, तर धेरै समय पछि हामीले ध्यान नपूर्याउदा बालवालिकामा साइवर क्राइम , अन्य अश्लील भिडियोले उमेर नपूग्दै विभिन्न मानसीक समस्याको शिकार हूनसक्छ ।

सानो गल्तीका कारण भोली उसलाई ठूला ठूला चाहना पूराउन नसक्दा बालावलिकामा कस्ता असरहरु देखा पर्लान ? अनूमान लगाउ त !
मानीसले हरेक समय सीक्दै, जान्दै र ब्यवहारमा उतार्ने कोशीस गरीरहेको हून्छ ।

सिक्ने क्रमका र सीकाउने क्रममा केहि गल्ती हूनसक्छ तर ति आफना केहि गल्तीलाई नदोहोराइ बालवालिकाको ब्यवहार निमार्णमा केहि टेवा पूग्ने साथै परिवारलाई र बालवालिकाको मनोसामाजीक सूस्वास्थ्यलाई सन्तूलीत राख्न मदत पूग्दछ ।

बालवालीकाको ब्यवहार निमार्णका लागी अभिभावकले उसको सीकाइ बातावरण रुचि अनूसार खेल सामग्री र उसलाई समय माया र साथको हौसला र प्रेरणाको आवश्यक पदर्छ ।

बाल्यकालमा सीकेका हरेक कूराहरु स्मरणमा रहीरहन्छ र पछि सम्म छाप पदर्छ हामीले २ बर्ष पूग्न लाग्दै सोच्न थाल्छौ मेरो बच्चालाई कून मन्टेश्वरी राख्ने भनेर जब बालावलिकालाइ अभिभावकको न्यानो माया र हेरचाह चाहिन्छ हामी अरुको काखमा धकेल्छौ अनि बुढेशकालमा मलाई हेरेन भनी गूनासाका मालाहरु जप्न थाल्छौ ।

समयको माग होला शिक्षीत भएपछि एक जिम्मेवारी बहन गर्न शहरका गल्ली गल्ली जागीरको खोजीमा हिडछौ अनि आपना बालवालिकाको लागी मरीहत्य गरीरहन्छौ कसरी उसको चाहना पूरा गरु र खाने कूरा के मनपर्छ भनी बाहिरका जंक फूडमा धेरै केन्द्रित हून्छौ ।

बिलासी जिवनतिर हाम्रो ध्यान गइरहेको छ कि एक चोटि हामीले सोचौ त ? बालवालिकाहरुका स्वास्व्थ हाम्रो लागी महत्वपूर्ण छ जब रोग लाग्छ हामील् र्पूरपूरोमा हात राखेर भन्दा समयमा नै बिषेश ख्याल राख्न सकेमा खूसी परिवार भइ जिवन जिउन सहज हून्छ की कसो?

बजारमा राखीएका हरेक बस्तूमा उपभोग गर्छौ र मिसावट केमीकल राखीएको र पैसा कमाउनृे आशामा मानीसहरु अरुको स्वास्थ्यको कूनै मलतव हूदैन । सायद सरकारको ध्यान यस्मा नगएकै हो जस्तो लाग्छ ।

हामी बजारको खानेकूरा र एक बन्द कोठामा बालावलिका राख्न बाध्य छौ, बिशेष त शहरी क्षेत्रमा बालवालिकाहरुलाई बाल्यवस्थको अनूभूती त गराउन सकेका छौ या छैन ।

जब हरेक निशूल्क बस्तू प्रकृतीले दिएको छ ति बस्तूसग खेल्न पाउनू र उसको दिमाग सृजनशिल गराउनका लागी अभिभावकले ध्यान अब पूर्याउनै पर्छ कि ? चूनौति छन तर यसका केहि उपाए पनि खोज्न सकीन्छ ।

समय अनुसार नै चल्नूपदर्छ तर बालवालिकाले रमाउने तनाव बिहिन बाच्न पाउने र सीकाइको बाटो हरु देखाउने र छेउमा एउटा सहयोगी भएका अवस्य बालवालिकाले खूसी हूनसक्दछन एकचोटि हाम्रो बाल्यकाल सम्झेर हेरैो त ?

के त्यो बाहेकका अझै केहि राम्रा सीकाइ बातावरण, सहयोग साथ र माया नपाएको भए हामी आज कहाँ सम्म पूग्थ्यौ होला । हामी भन्दा केहि फरक देख्न चाहन्छौ भने बालवालिकाका कूराहरु सून्नूहोस भोलीका दिनमा उसका हरेक समस्या हामीलाई भन्न खोज्छ जब समस्या आउछन तव समाधान पहिलानै खोज्न सहज हून्छ ।

कतिपय अभिभावकको गूनासा – केहि बोल्दैन, केहि भन्दैन, झूठो बोल्छ , अटेरी छ, जिद्धी छ , जे भन्यो त्यहि चाहिन्छ , आदी । यस्तो बालवालिका जन्मदै त थिएनन होला ? हाम्रै घरको बातावरण र हाम्रै ब्यवहारले असर पारेको हूनसक्छ ।

भन्न र गर्नमा निकै कठिन छ तर पनि केहि प्रयास आफैबाट सूरुवातले अरुका लागी प्रेरणा पनि मिल्न सक्छ होइन र ?

हामीले सोचे जस्तो बनजङ्गल नहोला, प्रकृतीसग रमाउन नमील्ला, तर शहरी ठाउँमा कहिलेकाहि बाहिर घूमाउन लैजाने, परिवारसगै बस्ने, आफन्त भेट्ने , चाडपर्व मनाउन, घरमा नै माटो लगी खेल्न दिने , फूलमा पानी राख्न लगाउने, नमस्कार गर्न सिकाउने , आफना साना साना मोजा धून लगाउने बालवालिकाको उमेर अनूसार , एक जगबाट अर्को जगमा पानी राख्न , साथै आफनो सामान ठिक ठाउमा राख्न लगाउने , जीवन उपयोगी सीपमा जोड दिएमा उनीहरुमा जिम्मेवारी र अपाmनो काम आफनै गर्न सक्दछन र पछिका दिनमा अभिभावकलाई आफना सन्तान प्रति कूनै गूनासा रहने छैन जस्तो लाग्छ ।

आफनो परिवार खूसी र सूखी बनाउन र परिवार एक हून हरेकले सबैको कूरा सूनी सबैको सम्मान गरेमा अवश्य दूख भयो भन्नेको सङ्गख्या कम हून्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here