बाढीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता
नुवाकोट : भदौ १० गतेको भोटेकोशी बाढीले नुवाकोटका ३५ भन्दा बढी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा, मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा २ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको र १ हजारभन्दा बढी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्।
बाढीका कारण विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका विभिन्न वडामा सञ्चालित उद्योगहरू प्रभावित भएका छन्। लेदो, माटो, बालुवा, ढुंगा तथा रोडासहितको बाढीले उद्योगका भवन, मेसिनरी, कच्चा पदार्थ, उत्पादित वस्तु, गोदाम, विद्युत् संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ।
प्रभावित उद्योगमा कृषि तथा कृषिजन्य उद्योग, कुखुरा तथा पशुपालन, ह्युम पाइप, पोलिथिन पाइप, ग्याभियन जाली, डेरी, कपडा तथा कपास, बालुवा प्रशोधन, खाद्य तथा धान–तोरी मिल, क्रसर, काठ मिल र ब्लक–ब्रिक उद्योगलगायत छन्।






प्रतिक्रिया दिनुहोस्