बाढीको सतह बढ्न थालेपछि काठमाडौंका नदी किनारमा यात्रा गर्न रोक
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका खोला-नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको जनाएको छ । ट्राफिक प्रहरीले करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।
खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सडकहरूलाई पनि हटाउन भनिएको छ । च्यासल पुल लगायतका जोखिमयुक्त स्थानमा प्रहरीहरू पनि खटाइएको छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । यो प्रणाली पूर्वबाट क्रमशस् पश्चिमतिर सर्दै गएको छ । त्यसैले भोलिबाट पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी पानी पर्ने सम्भावना रहेको छ ।






प्रतिक्रिया दिनुहोस्