बलबाइ बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ ।
अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड तथा अतिथि विज्ञका विश्लेषण प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया दिनुहोस्