बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृत्यु, आमाबुवा घाइते
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका-६ का चन्द्र बुढाथोकीका ९ बर्षीया छोरा जुवासलाई उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्