बजेट सम्बन्धी अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा

प्राविधिक सहायता परिचालन सम्बन्धी विवरण तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • आर्थिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी अन्तिम चरणमा पुर्‍याएको छ।
  • प्रस्तावित बजेटका विभिन्न प्रकाशनहरू, जस्तै आर्थिक सर्वेक्षण र विधेयकहरू तयारी भइरहेको छन्।
  • सरकारले १५ जेठमा बजेट सार्वजनिक गर्ने योजना बनाएको छ।

११ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ ।

आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरण तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरण तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बजेट वक्तव्य सहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायत प्रकाशन तयारी पनि जारी छ ।

यसअघि अर्थले आर्थिक वर्ष २०८२÷८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरिसकेको छ । सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्छ ।

बजेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here