फिफा महिला वरीयतामा नेपालको छलाङ, हालसम्मकै उच्च वरीयतामा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफाले सार्वजनिक गरेको नयाँ महिला फुटबल वरियतामा नेपाल १३ स्थान उक्लेर ८७औं स्थानमा पुगेको छ।
  • नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो।
  • फिफा वरियतामा स्पेन शीर्ष स्थानमा पुगेको छ भने अमेरिकी टोली दोस्रो स्थानमा छ।

frontline

२२ साउन, काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थानमा पुगेको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । जुन् रेकर्डलाई पनि उछिनेर नयाँ सफलता हासिल भएको हो ।

यसअघि १००औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ४६.४९ अंक बढेर नयाँ वरियतामा ८७औं स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ ।

नेपालले महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो ।

फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

नेपाली महिला फुटबल टोली |फिफा महिला वरियता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here