प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, पठाए शुभकामना सन्देश

काठमाडौं : ७१ औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय,नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएका छन्। उनले कार्यक्रममा सहभागी नभई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री बालेनले पठाएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले वाचन गरेका थिए।

प्रधानमन्त्री शाहले पठाएको शुभकामना सन्देशमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन,प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

frontline

उनले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक,इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here