प्रमुख प्रशासकीय अधिृकत गुरागाईंविरुद्ध अदालत गए राजु पाण्डे

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे अदालत गएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन् ।




पाण्डेले भने यसबारे आफूले कुनै प्रतिक्रिया नदिने अनलाइनखबरसँग भने ।
तर, अदालत स्रोतले दिएको जानकारी अनुसार, पाण्डेले दिएको निवेदन आजै दर्ता भएको छ ।
पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले उच्चमा रिट निवेदन दिएका हुन् ।
उनीहरूलाई भोलि छलफलका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्