प्रधानमन्त्री देउवा र भाजपा प्रमुख चौथाइवालेबीच भेटवार्ता
सोमबार, काठमाण्डु । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर चौथाइवालेले आइतवार भेटवार्ता गरेका हुन ।
भेटमा कांग्रेस महामन्त्री डा. प्रकाशशरण महत समेत सहभागी थिए । भेटपछि ट्विट गर्दै महतले भनेका छन्, ‘मलाई विश्वास छ कि यो बैठक एक नयां सुरुवात हुनेछ।’
चौथाइवालेले समेत प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफुले बधाई दिएको र दुई पार्टीबीचको समन्धलाई मजबूत बनाउन आफुहरु सहमत भएको बताएका छन् ।
देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्