प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विश्वासको मत लिँदैछन्।
प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको धारा १०० को उपधारा(२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नेछन्। प्रधानमन्त्रीको उक्त प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल नेतृत्त्वको सरकार अल्पमतमा परेको हो।
प्रतिक्रिया दिनुहोस्