प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता हुँदै, के छन् छलफलका एजेन्डा ?

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ।
  • भेटवार्तामा सरकारका काम र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुनेछ।
  • मन्त्री हेरफेरबारे पनि दुई नेताबीच छलफल हुनसक्ने बताइएको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुनेछ । 

frontline

उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ । 

त्यसो त दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रीमण्डल हेरफेर गर्ने पक्षमा छन् । तर देउवाले सहमति नजनाउँदा मन्त्रीमण्डल हेरफेर हुन सकेको छैन । 

#भेटवार्ता हुँदै #केपी ओली #शेरबहादुर देउवा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here