प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेकपाले जनवर्गीय संगठनलाई सडकमा उतार्ने, गर्‍याे संघर्षका कार्यक्रम घाेषणा

काठमाडौ, २ कात्तिकः संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपालगायत छ दलका शीर्ष नेताहरू शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा समसमायिक विषयमा बैठकपश्चात् बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठनहरूलाई सडकमा उतार्ने बताएको छ।

जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा सशक्त सङ्घर्ष गर्ने जानकारी गराएका हुन्।

frontline

प्रधानमन्त्री शाहले संसदबाटै तत्काल आम नेपाली जनतासँग माफी माग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। नेकपाले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडक, सदन तथा अन्य सबै मोर्चाबाट सङ्घर्ष गर्ने जनाएको छ।

नेकपाले सबै जनवर्गीय सङ्गठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्ने, सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने, १८ गते संयुक्त विरोध प्रदर्शन, १९ गते युवाहरूको नेतृत्वमा मशाल जुलुस, २१ गते काठमाडौंमा सबै जनसङ्गठनहरूको सहभागितामा पार्टीको तर्फबाट संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here