प्रदेश १ मा डिएपी मल पर्याप्त मात्रामा नभए पनि अभाव छैन

९ पुस, विराटनगर । अन्य प्रदेशहरुमा मल नपाएको गुनासो आईरहेको बेला प्रदेश १ मा पर्याप्त मात्रामा डिएपी मल नभए पनि अभाव नै नभएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा गएको मंसिरयता करिब ४ हजार ६ सय मेट्रिक टन डिएपी मल आएकोमा विभिन्न जिल्लामा २ हजार ८ सय २८ मेट्रिक टन डिएपी मल पठाइएको सो कार्यालयले जनाएको छ ।

frontline

गहुँ सिजनका लागि पर्याप्त मात्रामा डिएपी मल विक्री गरिएको भए पनि हाइब्रिड मकै खेतीका लागि कृषकहरुले डिएपी मल सञ्चित गर्दा अभाव जस्तो देखिएको लिमिटेडका प्रादेशिक प्रबन्धक नवरत्न गौतमले जानकारी दिनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा करिब ३ सय ८५ मेट्रिक टन डिएपी मौज्दात रहेको छ भने विभिन्न जिल्लामा पनि डिएपी मल मौज्दात रहेको जानकारी पाएको प्रादेशिक प्रबन्धक गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here