पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा
र्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। जसमा फ्रान्स ५-३ गोलअन्तरले विजयी भयो।
फ्रान्सका औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवल गरे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
प्रतिक्रिया दिनुहोस्