पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण : नेपाल-चीन सम्बन्धमा पुनर्ताजगी

समाचार सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई पुनर्जागरण गरेको भ्रमण टोलीको भनाइ छ।
  • भ्रमण टोलीमा उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीको सहभागिता रहेको थियो, जसले भ्रमण फलदायी भएको बताए।
  • भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपतिको नेतृत्वमा उच्चस्तरीय भेटघाट र छलफलहरू भए, जसले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको १० दिने चीन भ्रमणले नेपाल चीनबिचको सम्बन्धलाई पुनर्ताजगी गराएको भ्रमण टोलीले जनाएको छ । भण्डारीको टोलीमा सहभागी रहेका सरकारका उद्योग वाणिज्य मन्त्री तथा एमाले नेता दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण फलदायी र सफल भएको बताए । उनले पूर्वराष्ट्रपति भण्डारीलाई चीनले न्यानो आतिथ्यतासहित स्वागत गरेको बताए । 

साथै उनले चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग उच्चस्तरको भेटवार्ता भएको पनि बताए । ‘चीनमा रहँदा त्यहाँका उपराष्ट्रपति, चिनियाँ कंग्रेसका उपाध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख, गान्सु प्रदेशका मुख्यमन्त्रीसहितसँग भेटवार्ता र छलफलहरू भयो, मन्त्री भण्डारीले भने, ‘समग्रमा नेपाल चीन सम्बन्ध र सहमतिको कार्यान्वयनमा पुनर्ताजगी भयो ।’

frontline

त्यसक्रममा नेपाल चीनको पुरानो सम्बन्ध, साझा मान्यता र सम्झौतालाई पुनर्ताजगी गर्ने सद्भाव भ्रमणका रुपमा रहेको मन्त्री भण्डारीको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीको टोली १० दिनअघि चीन भ्रमणमा गएको थियो । टोलीमा एमाले नेताहरू सहभागी थिए ।

#विद्यादेवी भण्डारी #चीन भ्रमण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here