पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् ।
स्याङ्जामा सोमबार आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने बताएका हुन् ।
‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिनअगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन,’ थापाले भने, ‘उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौं ।’
‘डिजिटल’ मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने सभापति थापाले बताए । ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौं,’ उनले भने, ‘उम्मेदवार बनाउने कुरा हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ ।’






प्रतिक्रिया दिनुहोस्