पुतलीबजार नगरपालिका- सुन्तलाका बोक्राबाट फेस प्याक र साबुन उत्पादन गरी बिक्री सुरु

पुतलीबजार नगरपालिका ३ बाडखोलाका महिला उद्यमीहरुले खेर गइरहेका सुन्तलाका बोक्राबाट फेस प्याक र साबुन उत्पादन गरी बिक्री सुरु गर्नुभएकाे छ ।

उहाँहरुले पहिलो चरणमा सुन्तलाको फेस प्याक, सुन्तलाको साबुन र तीतेपातीको साबुन उत्पादन गरी बजारमा ल्याउनुभएकाे हाे । एएमएस आयुवेर्दिक टिमले आयुर्वैदिक सामग्रीहरुको उपयोग गरी उक्त वस्तुहरु तयार गरी बिक्रीका लागि ल्याउनुभएकाे हाे ।

frontline

बाडखोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटि होमकी सञ्चालिका अन्जु शर्मा रेग्मी, व्यावसायी मीरा मल्ल र सर्मिला कुँवरको टिमले यी वस्तुहरु उत्पादन गरेको हो । यस कार्यमा सुन्तला सुपरजोन स्याङ्जाको सहकार्य रहेको उत्पादकले बताउनुभएकाे छ ।

बिहिबार अन्जु कस्मेटिक होममा पुतलीबजारकी उपप्रमुख देवी अर्यालले उक्त फेस प्याक र साबुनको बिक्री प्रारम्भ गरी औपचारिक सुरुवात गर्नुभएको हो । कार्यक्रममा अर्यालले खेर गइरहेका सुन्तलाका बोक्रा तथा तीतेपातीबाट आयुर्वेदिक सामग्री उत्पादन गरी बजारसम्म ल्याउने कार्य गर्नु प्रशंसनीय भन्दै युवा उद्यमशीलताले मात्र आर्थिक परिवर्तन सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा टिमकी प्रमुख अन्जु शर्मा रेग्मीले आफूले सुरुमा सुन्तलाको बोक्राबाट सामग्री बनाएर आफैले परीक्षण गरेको र त्यो सफल भएपछि अगाडि बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कृषिजन्य खेर गएका विभिन्न वस्तुहरुबाट आयुर्वेदिक उत्पादन गर्ने सोचसहित आफूहरु अगाडि बढिरहेको बताउनुभयो ।

टिमकी सदस्य सर्मिला कुँवरले भन्नुभयो, “गरे सफल भइँदोरहेछ । हामीले खेर गइरहेको सुन्तलाको बोक्राबाट उत्पादन गरेको फेस प्याक र साबुनको धेरै अर्डर आइसकेको छ । यसको फिडब्याक पनि राम्रो आइरहेको छ । हामी कृषि र आयुर्वेदलाई मुख्य क्षेत्र बनाएर अगाडि बढ्छौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here