पाल्पाका भगवती मन्दिरमा भक्तजनहरूको भिडभाड

तानसेन :आज वडादसैंको पहिलो दिन घटस्थापनाको दिन। पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनहरूको भिडभाड बढेको छ । भक्तजनहरू बिहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पूजापाठ तथा देवीको दर्शनका लागि  भगवती दुर्गाका मन्दिर पुगेका छन् ।

नवदुर्गा सुरू भएपछि भगवती मन्दिरका वरिपरी भक्तजनहरू भजन कृर्तन,दुर्गा तथा चण्डी पाठ गर्दै  देवीको आराधनामा  जुटेका हुन् । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ ।  लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको लागि पाका पुस्तासँगै  युवाहरू जोडिएका छन् ।

frontline

भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समूहले नियमितरुपमा नवदुर्गा समय भरी बिहानमा  डाफा भजन गर्दै आएका छन् । तानसेनको भगवती मन्दिर,भैरवस्थानको भैरव मन्दिर,रम्भाको  रम्भादेवी मन्दिर, दर्लाम महाकाली कन्दिर,बगनासकाली मन्दिर भुवनपोखरीको रैनादेवी मन्दिर,बतासेको कालिका मन्दिरलगायतका मन्दिरमा  पूजाआजाका लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here