पार्टी एकताका लागि प्रयत्न जारी राख्ने एमाले ओली पक्षको निर्णय

फ्रन्टलाइन राजनीति । सत्तारुढ नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिम अवस्थासम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ । बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । नेकपा एमालेभित्र खनाल नेपाल पक्ष र ओली पक्षबिच विवाद बढ्दै जााँदा पार्टी लगभग फुटको संघारमा पुगेको छ । यो अवस्थामा लचिलो बन्नै नसकेको आरोप खेपिरहेको एमाले ओली पक्षले पार्टी एकता जोगाउन भने प्रयत्न गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

poster-here