पर्सामा निःशुल्क आँखा शिविर : २ सय ३१ जनाले गराए मोतिबिन्दुको शल्यक्रिया
हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा तिलगंगा आँखा उपचार केन्द्र (निचुटा, पर्सा) को समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट १ हजार ३ सय ६२ जना लाभान्वित भएका छन्।
फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको स्थानीय सहकार्यमा गत असोज १७ देखि २२ गतेसम्म पर्साका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको थियो। शिविर जानकीटोला (जगरनाथपुर–२), पोखरिया–४, सुवर्णपुर (ठोरी–५), महादेवपट्टी (जिराभवानी–१), औराहा (सखुवाप्रसौनी–२), सोनबर्सा (पटेर्वा सुगौली–१) तथा निचुटा सामुदायिक आँखा उपचार केन्द्र (पटेर्वा सुगौली–५) लगायतका स्थानमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो।
उक्त शिविरमा कुल १ हजार ३ सय ६२ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा ३ सय ८६ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको कार्यक्रम संयोजक कृष्ण कुशवाहाले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्