पचरौता नगरपालिकाले तिर्यो कृषी मिटरको वक्यौतासहितको रकम

१७ माघ, सिमरा ।  नगरपालिका भित्रका किसानले प्रयोग गर्दै आएको कृषी मिटरको बिजुली महशुल पचरौता नगरपालिकाले तिरेको छ ।

किसानको सहुलियतका लागि नगरपालिकाका नगर प्रमुखसहितको टोलीले काठमाण्डौ पुगेर कृषी मिटरको वक्यौतासहितको ४८ लाख १५ हजार रुपैया महशुल तिरेको हो ।

frontline

नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादव र कर्मचारी मुकेश सिंहले काठमाण्डौ पुगेर महशुल बुझाएका हुन् । नगर प्रमुख सिंहले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चेक हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख सिंहका अनुसार नगरसभाको निर्णयअनुसार अघिल्लो वक्यौता समेत गरेर महशुल बुझाएको बताए । सिंहले चुनावी प्रचारका क्रममा किसानले प्रयोग गर्दै आएको कृषी मिटरको रकम पालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएका थिए ।

यस्तो कार्यले किसानलाई राहत मिल्ने र किसानलाई कृषी क्षेत्रमा आकर्षित गर्ने नगर प्रमुख सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here